कांग्रेस नेताहरु सीमांकन हेरफेरको विपक्षमा : संविधान संशोधन मधेसी मोर्चाले स्वीकार गरेमात्र

१४ मंसिर, काठमाडौं । संविधान संशोधन प्रक्रिया मधेसी मोर्चाले स्वीकार गरेमात्र अघि बढाउनु पर्ने आवाज नेपाली कांग्रेसमा जवरजस्त रुपमा उठेको छ ।

नेकपा (माओवादी केन्द्र)मा पनि यो आवाज बलियो बन्दै गएको छ । मधेसी मोर्चाले भने संशोधन दर्ता नभई सहमति दिन नसकिने भन्दै आन्दोलन घोषणा गर्ने तयारी गरेको छ ।

कांग्रेसको प्राथमिकता एमालेको सहमति लिने र सहमति नभए दुई तिहाई पुग्ने सुनिश्चिततासहित संविधान संशोधन अघि बढाउने रहेको देखिन्छ ।

सोमबार बसेको कांग्रेसको बैठकमा अधिकांश नेताहरु सीमांकन हेरफेरको विपक्षमा उभिएका थिए । पार्टी सभापति शेरबहादुर देउवा र सरकारमा पार्टीको नेतृत्व गरेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले मात्र संविधान संशोधन अघि बढाउने प्रक्रियाको बचाउ गरेका थिए ।

तपाइको मत