कांग्रेस नेता कोइरालाको आरोप : संवैधानिक निकाय भर्ती केन्द्र

३ फागुन ०७७, धरान । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले सबै असंवैधानिक नियुक्तिहरू अब बन्ने सरकारले खारेज गर्ने बताएका छन् ।

धरानमा सोमबार आयोजित विरोधसभालाई सम्बोधन कोइरालाले यस्तो बताएका हुन् ।

‘संवैधानिक परिषद्का सबै नियुक्तिहरूलाई अब बन्ने सरकारले खारेज गर्नेछ,’ उनले भने, ‘संवैधानिक परिषद्ले निष्पक्ष व्यक्तिलाई संवैधानिक निकायमा लैजान्छ भन्ने सोचेका थियौं तर प्रधानमन्त्रीले यसलाई भर्ती केन्द्रको बनाए ।’

शक्ति सन्तुलनको आधारमा नेपालको संविधानले ६ सदस्यीय परिषद्को व्यवस्था गरे पनि ओलीले अध्यादेश मार्फत् तीन जनाले सिफारिस गरेर ३२ पदमा नियुक्ति गरेका थिए ।