कांग्रेस सभापति देउवा र जनता समाजवादीका अध्यक्ष यादवबीच भेटवार्ता

२१ पुस ०७९, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान १० बजे देउवा निवास धुम्बाराहीमा यादव र देउवाको भेटवार्ता भएको हो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेश गर्दा प्रचण्डलाई समर्थन गरेको जनता समाजवादी पार्टीका अध्यक्ष यादव र कांग्रेस सभापति देउवाको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन् ।