काउन्सिलले गरेको पत्रपत्रिकाको वर्गीकरणलाई लिएर प्रेस सेन्टरले जनायो असन्तुष्टि

२० पुस, काठमाडौं । प्रेस काउन्सिल नेपालले हालै सार्वजनिक गरेको पत्रपत्रिकाको वर्गीकरणका सम्बन्धमा प्रेस सेन्टर नेपाल दुई नम्बर प्रदेशले विज्ञप्ति नै निकालेर असन्तुष्टि जनाएको छ ।

विभिन्न जिल्लाबाट नियमित प्रकाशन भइरहेका दैनिक, साप्ताहिक, मासिक तथा साहित्यिक पत्रपत्रिकाहरुलाई नियोजित ढंगले वर्गीकरण गरिएको भन्दै सेन्टरले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘विगतमा उपल्लो वर्गमा स्थापित कतिपय पत्रपत्रिकालाई छानीछानी तल्लो श्रेणीमा राखिएको छ । र कतिपय नामै नसुनिएका र बजारमै नआउने पत्रिकालाई एकैचोटी २/३ श्रेणी उकास्ने कार्यसमेत भएको छ ।’

विभेदपूर्ण ढंगले पत्रपत्रिकाको वर्गीकरण गरिएको भन्दै सेन्टरले उक्त निर्णय तत्काल सच्चाउन प्रेस काउन्सिलको ध्यानाकर्षण गराउँदै यसवाट निस्कने परिणामको जिम्मेवारी काउन्सिलले लिनुपर्ने चेतावनी समेत दिएको छ ।

विज्ञप्तिको पूर्ण पाठ :

p-2

प्रेस काउन्सिल नेपालले हालै सार्वजनिक गरेको आ.व. २०७१/७२ सालको वर्गीकरणमा परेका ८३३ पत्रपत्रिकाहरुको विवरण abc-result-2071-72 लिङ्कमा गएर हेर्न सक्नुहुन्छ ।

तपाइको मत