काजीले धम्की दिएपछि प्रचण्ड संकटमा

२६ चैत, काठमाण्डौं ।  दुई माओवादीविच जसरी पनि एकता गराउने अभियानमा लगेका एमाओवादी अध्यक्ष प्रचण्डलाई पार्टीकै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ गलपासो बनेका छन् ।

Prachanda-Prakash मोहन वैद्य ‘किरण’लाई माओवादीकै कार्यकर्ताकै भाषामा ‘चैते’ परि थापाहरुको समुह र प्रचण्डलाई पनि काजी समुहले एकता हुनबाट जसरी पनि रोक्न खोजेपछि प्रचण्ड संकटमा परेका हुन् । एकता प्रक्रियाबाट एमाओवादीमा प्रवेश गरेका काजी आएपछि एमाओवादी विभाजन भएको आरोप पनि लाग्ने गरेको छ ।

खासगरी भारतविरोधी नेता भनेर चिनिएका काजीले पार्टी एकता भएपछि आफु छायामा पर्ने डरले एकता नगर्न लविङ गरेका छन् । त्यत्तीमात्रै होइन, उनले आफ्नो योजनाअनुसार प्रचण्ड नहिडे एमाओवादी छाड्नेसम्मको धम्की दिदै हिड्न थालेका छन् ।

त्यसो त, प्रचण्ड र मोहन वैद्य नेतृत्वको माओवादीबीचको एकतालाई रोक्न प्रचण्ड नेतृत्वको एमाओवादीभित्र र वैद्य माओवादीभित्रबाट तीव्र चलखेल भने पहिलेदेखि नै हो । स्रोतका अनुसार एकता हुन नदिनका लागि एमाओवादीभित्र नारायणकाजी श्रेष्ठ र वैद्य नेतृत्वको क्रान्तिकारीभित्र परि थापाहरु सक्रिय भएर लागेका हुन् । दुवै पक्ष ओरिजिनल माओवादी भने होइनन् ।

ओरजीनल माओवादीहरुबीच एकता भएमा आफ्नो अवस्था कमजोर हुन्छ भनेर उनीहरु यसलाई रोक्न निकै सक्रियतापूर्वक लागेको एक केन्द्रिय सदस्यले बताए । पछि माओवादीमा प्रवेश गरेका नारायणकाजी श्रेष्ठ र परि थापाहरुले माओवादीहरु बीचको एकता गर्दा विचारमा जोड दिनुपर्ने बताइरहेका छन् ।
पार्टीमा व्याज खान आएको आरोप
पार्टीमा व्याज खान आएको आरोप खेपेका श्रेष्ठ जहिले पनि कुनै–न कुनै वखेडा झिकीरहन्छन् । तर उनको संगठन भने ५ प्रतिशत पनि छैन,तर उनी आफुलाई दोश्रो प्रचण्ड देख्छन् ।
त्यसो त काजीले माओवादी कार्यकर्ता समेत रहेका चिनिया राजदुत महेश मास्केमार्फत उनले आफ्ना गतिविधी गरिरहेका हुन्छन । उनले मास्केमार्फत अबको माओवादीमा प्रचण्डपछिको दोश्रो नेता उहाँ काजी साप नै हो भनेर लविङ गर्ने गरेको स्रोतले बतायो ।
उपप्रधान तथा परराष्ट्र मन्त्री हुँदा समेत आफ्नै पार्टीका प्रधानमन्त्रीसँग असहमति प्रकट गर्दै सार्वजनिक पत्रकार सम्मेलन गर्ने एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पार्टी महाधिवेशनस्थलमा पनि पत्रकार सम्मेलनबाटै फरक मत राख्ने ब्यक्ति हुन् ।

राष्ट्रियताका मुद्धामा भन्दै उनले पार्टीमा पटक पटक राखेका फरक मतलाई कतिपयले स्टन्ट देखाएर चर्चामा आउने दाउ भनेर समेत आलोचना समेत गर्छन् । पार्टी भित्रै पनि जनयुद्धको ब्याज खान आएको भनेर आलोचित हुने गरेकाभएपनि नारायणकाजी श्रेष्ठले आफ्ना कुरा अडिगरुपमा सँधै सार्वजनिकरुपमै राख्छन् । पछिल्लो समयमा नारायणकाजी सरकारको कामको पनि चर्को आलोचना गर्दै आएका छन् ।

काजीलाई प्रचण्डको पजेरो
मन्त्री हुदा सवै सेवा सुविधा पचाएका श्रेष्ठले एकवर्ष अघि मात्र निजी सवारी साधन नचढ्ने घोषणा सार्वजनिक रुपमै गरेका थिए । यद्यपी कतिपय अवस्थामा उनी पत्रकारको आखा छलेर निजी गाडीमै पनि हुइकिन्थे ।

उनले आफु भाडा तिरेर सार्वजनिक यातायातमा आवत–जावत गर्ने घोषणा समेत सार्वजनिक रुपमै गरेका थिए । केही समय सार्वजनिक यातायातमा चढेपनि सिंहदरवार,लाजिम्पाट र बालुवाटार जादा भने श्रेष्ठले स्वकिय सचिव सुसन कर्माचार्यको गाडी चढ्दै आएका थिए । तर उनको त्यो केबल चर्चाको हतकण्डा मात्रै थियो भन्ने कुराको पुष्टि २ साताअघि प्रचण्डले उनलाई दिएको पजेरोबाट हुन्छ ।
नारायणकाजीले मागेपछि प्रचण्ड चढ्ने गाडीनै काजीलाई दिइएको छ । तर विरामी भएकाले गाडी चाहिएको उनका सहयोगीले बताउदै आएका छन् ।

काजी मौकामा चौका हान्न सीपालु
नारायणकाजी श्रेष्ठ मुलतः मौकामा चौका हान्न सक्ने चतुर खेलाडी हुन् । माओवादी शान्ती प्रक्रियामा प्रवेशसंगै पार्टी प्रवेश गरेका प्रकाश पार्टीमा लागेको छोटो समयमा नै पद र शक्ति हत्याउन् सफल भएका नेता हुन् । जनमोर्चा भन्दा पनि सानो पार्टी एकता केन्द्र मसालका महामन्त्री रहेका प्रकाशलाई एमाओवादीले उपप्रधानमन्त्री,गृहमन्त्री र परराष्ट्रमन्त्रीजस्तो जिम्मेवार मन्त्रालय दिएर मन्त्री वनाएपनि उनि अझै पनि आफुले केही नपाएको गुनासो पार्टी भित्र गर्दै आएका छन् ।

एमाओवादी अध्यक्षसंग नजिक सम्बन्ध भएकै आधारमा उनि एमाओवादीमा प्रवेश मात्र गरेनन्  ठुलो पार्टीको उपाध्यक्ष समेत बनाइए । माओवादीमा प्रवेशपछि पनि उनले आफुलाई तत्कालिन पार्टीका उपाध्यक्ष बावुराम भट्टराईभन्दा माथी राखिनुपर्ने माग पार्टी अध्यक्षलाई राख्दै आएपनि कार्यकर्ताले त्यसको तिव्र विरोध गरेपछि त्यो सम्भव हुन सकेको थिएन् ।

काजीको पृष्ठभूमि
कांग्रेस नेता रामशरण महतहरुसंगै नेविसंघबाट राजनिती सुरु गरेका प्रकाश सुरुमा कांग्रेसका कार्यकर्ता रहेका थिए । उनलाई तत्कालिन कम्युनिष्ट नेता  निर्मल लामाले ०३९ सालतिर पार्टीमा संगठित गरे । माओवादीले ०५१ सालमा जनयुद्धमा जाने निर्णय गरेपछि प्रकाशले त्यसप्रति असहमती जनाउदै पार्टी फुटाएका थिए । एमाओवादी शान्ती प्रक्रियामा आएपछि प्रचण्डले एउटै कम्युनिष्ट केन्द्र बनाउने भन्दै एकताका लागी प्रस्ताव गरेपनि उनले सुरुमा त्यसलाई अस्विकार गरेका  थिए ।

पहिलो संविधानसभाको चुनावमा एमाओवादी सवैभन्दा ठुलो दल भएपछि भने भाग खान पाइने आशले प्रकाश विना कुनै सर्त एमाओवादीमा मिसिएसंगै सवैभन्दा ठुलो पार्टीको उपाध्यक्षमा नियुक्त भए । यो कार्यकर्ताहरुलाई मन परेन् । उनलाई अवसरवादी भन्दै सवैभन्दा पहिले माओवादी मधेसका लोकप्रिय नेता मातृका यादवले पार्टी नै छाडे । त्यसपछि त माओवादी पतनको दिशा सुरु नै भैहाल्यो ।  माओवादी जनयुद्धताका हुलाकीको काम गरेका श्रेष्ठको खर्चपर्च प्रचण्डको निर्देशनमा माओवादी नेता कार्यकर्ताले गर्दै आएका थिए । न्युजसेवामा केशवराज जोशीले लेखेका छन् ।

तपाइको मत