१८ भदौ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको चौबीस घण्टामा काठमाडौँ उपत्यकामा ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ ।
बिहीबार स्वास्थ्य मन्त्रालयले काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपर र भक्तपुर)मा थप ४४५ जना संक्रमित थपिएको बताएको हो ।
मन्त्रालयकाअनुसार काठमाडौँमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा संक्रमणको पुष्टि भएको छ ।