५ फागुन ०७४, काठमाडौं । काठमाडौंको लगनटोलस्थित एक घरमा भीषण आगलागी भएको छ ।
काठमाडौं महानगरपालिका वडा नं. २१ लगनटोलस्थित अमृत रञ्जीतको घरमा मध्यराति आगो लागेको हो । आगलागीमा परेर प्रविण श्रेष्ठ घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
आगलागीबाट रञ्जीतको घरका दुई वटा सिलिन्डर विस्फोट भएपछि नजिकैको अष्टनारायण महर्जन र सरोज शाक्यको घरमा समेत क्षति पुगेको छ ।
घरमा आगलागी भएपछि काठमाडौं, ललितपुर र भक्तपुरका दमकल तथा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आज बिहान मात्र आगो नियन्त्रणमा लिइएको छ ।
हिटरबाट आगो सल्किएको आशंका गरिए पनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













