काठमाडौंमा तोकिएको स्थानमा मात्र सार्वजनिक कार्यक्रम र विरोध प्रदर्शन गर्न पाइने

२ बैशाख ०७५, काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक कार्यक्रम तथा प्रदर्शन गर्ने निश्चित ठाउँ तोकेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं जिल्ला सुरक्षा समितको बैठकले कार्यक्रम र प्रदर्शन गर्ने निश्चित ठाउँ तोकेको हो ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले गृह प्रशासन सुधार कार्य योजनाको बुँदा ३१ मा विरोध प्रदर्शनका लागि निश्चित स्थल तोक्ने र तोकिएको स्थानमा मात्रै प्रदर्शन गर्न पाउने उल्लेख गरेका थिए । साही योजना कार्यान्वयनका क्रममा काठमाडौं जिल्ला प्रशासन कार्यालयको शुक्रबारको बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले खुलामञ्च, तीनकुने खुलाचौर, भुईंखेल चौर (भगवान पाउ), पेप्सीकोला खुलामैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर समाजकल्याण परिषद् अगाडिको खुला मैदान र सिफल चौर गौशालामा सार्वजनिक कार्यक्रम तथा प्रदर्शन गर्न पाइने बताए । काठमाडौंका रत्नपार्क र माइतीघरमा प्रदर्शन गर्न रोक लगाएको छ ।

वैशाख १६ गतेदेखि तोकिएको स्थानमा मात्र सार्वजनिक कार्यक्रम र विरोध प्रदर्शन गर्न पाइने जानकारी शर्माले दिए ।

 

तपाइको मत