काठमाडौंमा प्रधानमन्त्रीको पुत्ला जलाइयो, ६ जना पक्राउ

२६ कार्तिक ०७५, काठमाडौं । नेपाल विद्यार्थी संघले काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

प्रधानमन्त्रीको तस्वीर प्रयोग गरेर कार्टुन बनाई फेसबुकमा सेयर गरेको अभियोगमा पक्राउ परेका विद्यार्थी नेता मण्डनदेउपुर ५ तपेश्वर माविका नेविसंघ अध्यक्ष कृष्ण ढकालको रिहाइको माग राख्दै नेविसंघले काठमाडौंमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

नेविसंघसम्वद्ध विद्यार्थीहरुले काठमाडौंको वाल्मिकी विद्यापीठमा प्रधानमन्त्रीको तस्वीर टाँसिएको पुत्ला जलाएपछि प्रहरीले उनीहरुलाई लेखेटेको थियो ।

उनीहरुले सरकारले निर्दोष विद्यार्थीमाथि अनावश्यक अभियोग चलाएको र लोकतन्त्रमा वाक स्वतन्त्रत्रामाथि बन्देज लगाउन खोजेको भन्दै नेविसंघले जनकपुरको रामानन्दचोकमा प्रधानमन्त्रीकोे पुत्ला दहन गर्ने क्रममा नेविसंघका जिल्ला सभापतिसहित ६ जना कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेविसंघका धनुषा सभापति सुजित मिश्र, कार्यकर्ता भरत साह, नवनित झा, सुनिल सुमन, घनश्याम झा र नवीन यादव रहेको प्रहरीले जनाएको छ ।

तपाइको मत