३१ जेठ ०७९, काठमाडौं । सरकारले मेलम्चीको विकल्पका रुपमा विभिन्न खोलाबाट काठमाडौं उपत्यकामा पानी ल्याउने विषयमा अध्ययन सुरु गरेको छ ।
प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको मंगलबार जवाफ दिँदै खानेपानी मन्त्री उमाकान्त चौधरीले यस्तो बताएका हुन ।
उनले मकवानपुरको सिस्नेरी, ललितपुरको ठोसे र भक्तपुरको महादेव खोलाबाट मेलम्ची आयोजनाको विकल्प र पूरक योजनाको रुपमा यी खोलाको अध्ययन भइरहेको बताए ।













