काठमाडौं उपत्यकामा ९२ सहित थप ३८० जनामा कोरोना पुष्टि

२५ साउन ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा ९२ सहित कोरोना भाइरसका थप ३८० जना नयाँ संक्रमित पुष्टि भएको जानकारी दिएको छ ।

मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा राष्ट्रिय अद्यावधिक विवरणअनुसार ३८० नयाँ संक्रमित पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ ।

नेपालमा हालसम्म सक्रिय संक्रमित संख्या ७ हजार ५४४ रहेका छन् भने १६ हजार ३५३ जना कोरोना निको भएर घर फर्किएका छन् ।

कवारेन्टाइनमा हाल ११ हजार ३८ जना रहेका छन् ।