११ जेठ ०७४, काठमाडौं । पहिलो चरणको स्थानीय तहको निर्वाचनको प्राप्त पछिल्लो मत परिणाम अनुसार एमाले पहिलो, काँग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा रहेको छ ।
काठमाडौं महानगरपालिकामा एमाले अगाडि
पछिल्लो गणनाअनुसार काठमाडौं महानगरपालिकामा नेकपा एमालेका विद्यासुन्दर शाक्यले ४९२३६ मत प्राप्त गरेर अग्रस्थानमा रहेका छन् । उनलाई पछ्रयाउँदै नेपाली काँग्रेसका राजुराज जोशीले ३४२१६ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् ।
भरतपुर महानगरपालिकामा एमाले अगाडि
भरतपुर महानगरपालिकामा पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका देवी ज्ञवालीले ३०२८२ मत ल्याई पहिलो स्थान लिइरहेको छ ।
यसैगरी नेकपा माओवादी केन्द्रका रेणु दाहाल २८९३३ मत ल्याएर दोस्रो स्थानमा रहेकी छिन् ।
पोखरा महानगरपालिकामा एमालेको अग्रता
यसैगरी पछिल्लो गणनाअनुसार पोखरा महानगरपालिकाको नेकपा एमालेका मान बहादुर जिसीले ४६३९७ मत ल्याई पहिलो स्थान प्राप्त गरेको छ ।
यसैगरी नेपाली काँग्रेसका रामजी कुँवरले ३५७९४ मत ल्याएर दोस्रो स्थानमा रहेको छ ।