काठमाडौं, भरतपुर र पोखरा महानगरपालिकामा एमालेको अग्रता कायमै

 १० जेठ ०७४, काठमाडौं । स्थानीय तहको निर्वाचनको प्राप्त पछिल्लो मत परिणाम अनुसार एमाले पहिलो, काँग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा रहेको छ ।

Uml-Congress-Maoist

नेकपा एमालेले पछिल्लो मत परिणाम अनुसार १२० स्थानमा प्रमुख पदमा विजय हासिल गरेको छ ।

यसैगरी नेपाली काँग्रेसले १०४ स्थानमा प्रमुख पदमा विजय हासिल गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले ४६ स्थानमा प्रमुख पदमा विजय हासिल गरेको छ भने अन्य दलले ७ स्थानमा विजय हासिल गरेको छ ।

काठमाडौं महानगरपालिकामा एमाले अगाडि

पछिल्लो गणनाअनुसार काठमाडौं महानगरपालिकामा नेकपा एमालेका विद्यासुन्दर शाक्यले ४१११५  मत प्राप्त गरेर अग्रस्थानमा रहेका छन् । उनलाई पछ्रयाउँदै नेपाली काँग्रेसका राजुराज जोशीले २९२३० मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् ।

भरतपुर महानगरपालिकामा एमाले अगाडि

भरतपुर महानगरपालिकामा पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका देवी ज्ञवालीले २६४१४ मत ल्याई पहिलो स्थान लिइरहेको छ ।

यसैगरी नेकपा माओवादी केन्द्रका रेणु दाहाल २२८६९ मत ल्याएर दोस्रो स्थानमा रहेकी छिन् ।

पोखरा महानगरपालिकामा  एमालेको अग्रता

यसैगरी पछिल्लो गणनाअनुसार पोखरा महानगरपालिकाको नेकपा एमालेका मान बहादुर जिसीले ३३३०४ मत ल्याई पहिलो स्थान प्राप्त गरेको छ ।

यसैगरी नेपाली काँग्रेसका रामजी कुँवरले २७८४२ मत ल्याएर दोस्रो स्थानमा रहेको छ ।

तपाइको मत