२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र सशुल्क पार्किङ गर्ने ब्यवस्था गरेको छ ।
शनिबार महानगरपालिकाले पारित गरेको आर्थिक ऐन- ०७४ ले काठमाडौं महानगरभित्र सशुल्क पार्किङ गर्ने ब्यवस्था गरेको हो ।
अब एेनअनुसार महानगरले सशुल्क पार्किङ थालेपछि एउटा सवारीले एक घण्टासम्म पार्किङ गर्दा घण्टाको १५ देखि २ सय रुपैयाँसम्म तिर्नुपर्ने अवस्था आउनेछ ।
अब क्षेत्रगत आधारमा सडकमा स्पष्ट रेखांकन गरेर प्रवेश र बर्हिगमन फरक-फरक हुने गरी कुनैपनि सडकको कुल चौडाइको २५ प्रतिशतभन्दा बढी भाग नओगटिने गरी पार्किङ गर्ने काठमाडौं महानगरपालिकाको ऐनमा उल्लेख छ ।