१० असार, काठमाडौं । अफगानिस्तानको काबुल आक्रमणमा घाइते भइ उपचारको क्रममा निधन भएका च्याङबा तामाङको शव शुक्रबार बिहान ९ बजे काठमाडाैं ल्याइएको छ ।
अफगानिस्तानको राजधानी काबुलमा सोमबार तालिबानले गरेको आत्मघाती आक्रमणमा घाइते भएका नुवाकोटका च्याङवाको काबुलमा उपचारको क्रममा निधन भएको थियो । काबुल आक्रमणमा च्याङवासहित १३ नेपालीको मृत्यु भएको छ ।