७ असार, काठमाडौं । अफगानिस्तानको काबुलमा सोमबार भएको हमलामा मारिएका १२ नेपालीको शव लिन बुधाबर बिहान ३ बजे नेपाल बायुसेवा निगमको जहाज काबुल उडान भर्ने भएको छ ।
परराष्ट्र मन्त्रालयमा मंगलबार परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा बसेको बैठकले मृतकको शव नेपाल एयरलाइन्स मार्फत ल्याउने निर्णय गरेको हो ।
नेपालबाट अफगानिस्तानको नियमित उडान नभएका कारण भारत र पाकिस्तानसँग अनुमति लिने प्रक्रिया सुरु गरिसकेको परराष्ट्र मन्त्रालयले बतएको छ । मृतक र घाइतेलाई लिन बुधबार काठमाडौंबाट कावुल प्रस्थान गर्ने जहाज शव संकलन गरी भोलि नै काठमाडौं फर्कनेछ ।
गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाका अनुसार उक्त जहाजले घर फर्कन चाहनेहरूलाई समेत ल्याउने व्यवस्था मिलाइएको छ ।तर, पहिलो प्राथमिकता मृतकको शव र घाइते त्यसपिछ घर फर्कन चाहने नेपालीहरूलाई त्यही जहाजमा ल्याइनेछ ।