काम गर्न असहज लाग्ने मन्त्रीले राजीनामा र कर्मचारी सरुवा जान मुख्यमन्त्रीको सुझाव

६ फागुन ०८१, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफूसँग काम गर्न असहज लाग्ने मन्त्रीलाई राजीनामा दिन र कर्मचारीलाई सरुुवा लिएर जान सुझाएका छन् ।

आर्थिक मामिला मन्त्रालय र नीति तथा योजना आयोगको आर्थिक वर्ष २०८१/०८२ को अर्ध वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले मन्त्रीलाई राजीनामा दिन र कर्मचारीलाई सरुवा लिएर जान सुझाव दिएका हुन् ।

‘बजेट निर्माण गर्दा केही न केही मापदण्ड बनाएर अघि बढ्नुपर्छ । जनताका कामहरू सहज रुपमा हुन्छन् । त्यसका लागि जेल जानुपर्छ भने पनि म तयार छु’, शाहले भने, ‘विभिन्न किसिमका तर्क दिएर कार्यान्वयनलाई बल्झाउने काम कसैले नगर्दिनुहोला । मसँग कुनै मन्त्री र राज्यमन्त्री ज्यूलाई असहज छ भने राजीनामा दिए हुन्छ । कर्मचारीहरुलाई असहजता महसुस भएको छ भने सरुवा लिएर गए हुन्छ तर सुशासन र डेलिभरी दिने कुरामा कसैसँग सम्झौता हुँदैन ।’

कार्यक्रममा मुख्यमन्त्री शाहले प्रदेश सभा सदस्यहरूसँग छलफल गरेर अगामी वर्षको बजेट कसरी बनाउने भन्ने विषयमा छलफल गर्ने पनि बताए ।