११ कार्तिक ०७५, राजविराज । पूर्व–पश्चिम राजमार्गमा बाटो काटने क्रममा कारको ठक्करले घाइते भएकी बृद्धाको निधन भएको छ ।
पूर्व–पश्चिम राजमार्गम अन्तर्गत कञ्चनरुप नगरपालिका २ स्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.१५ च ८११६ नम्बरको कारले सप्तरीको कञ्चनरुप नगरपालिका २ की ७५ वर्षीय बुलबुलदेबी यादवकालाई शनिबार ठक्कर दिएको थियो ।
सिताराम यादवकी श्रीमति यादवको उपचारका क्रममा बिराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
ठक्कर दिने कारलाई इलाका प्रहरी कार्यालय कञ्चनरुपले नियन्त्रणमा लिएको छ ।













