कार्यक्रम र गतिविधि गर्ने सहज वातावरण बने विप्लव समूह सरकारसँग वार्तामा बस्ने (विज्ञप्तिसहित)

८ फागुन ०७७, काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको बताएको छ ।

नेकपाका महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गरेर आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण, जनसमुदायको हित र अधिकार लागि भएको भन्दै सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको बताएका हुन् ।

“आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदैछौं,” विज्ञप्तिमा अघि भनिएको छ, “हाम्रो क्रान्ति अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकार लागि गरिएको सचेत पहल हो ।”