२६ बैशाख ०७४, भक्तपुर । नेपाली काँग्रेसभित्र तेस्रो धारकाे नेतृत्व गरिरहेका नेता कृष्णप्रसाद सिटौलाले न्यायपालिकाले कार्यपालिकाको कार्यकारी अधिकार कुण्ठित हुने गरी निर्णय गर्न थालेकाले प्रधानन्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव ल्याइएको बताएका छन् ।
साेमबार खरिपाटीमा काँग्रेस चाँगुनारायण नगरस्तरीय चुनाव प्रचार समितिले आयोजना गरेकाे कार्यक्रममा बाेल्दै सिटाैलाले न्यायपालिकाले कार्यपालिकाको कार्यकारी अधिकार कुण्ठित हुने गरी निर्णय गर्न थालेकाले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग ल्याइएकाे बताए ।
उनले मुलुकको समृद्धि, शान्ति र विकासका लागि विगतमा सङ्घर्ष गरेको र सो सङ्घर्षको उपलब्धिस्वरुप प्राप्त संविधानको कार्यान्वयन र प्राप्त उपलब्धि रक्षाका लागि काँग्रेस नेतृत्वको अावश्यक रहेकाे बताए ।