कार्यालय प्रमुखलाई माअाेवादी ट्रेड युनियनकाे ज्ञापन पत्र !

ललितपुर । नेकपा माअाेवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघले देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएकाे छ ।

महासंघले देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत् सामाजिक सुरक्षा कोष ऐन २०७४ कार्यान्वयन गराउन दबाव स्वरूप ज्ञापन पत्र बुझाएकाे हाे ।

महासंघका केन्द्रीय सचिव अशोक थापा नेतृत्वमा गएकाे एक टाेलीले साेमबार जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख महादेव पन्तलाई  ज्ञापन पत्र बुझाए ।

नेपालको सविधान २०७४ को धारा २९६ को उपधारा १ बमोजिम योगदानमा आधारित सामाजिक सुरक्षाकोष ऐन २०७४ लाई कार्यान्वयन गर्न ज्ञापन पत्रमा जाेड दिइएको छ ।

महासंघले याे ऐनलाई श्रमिकहरुको समस्या हल गर्ने एक कडीको रुपमा लिएको छ ।

याे एेन कार्यान्वयनमा अाए श्रमिकहरुले वर्षाैंदेखि उठाएका स्थायी नियुक्ति, सञ्चयकोष, उपादान, बिरामी बिदा, सुत्केरी बिदा लगायतका सेवा सुबिधा पाउने छन् ।

यसैगरी श्रमिकलाई अनौपचारिक र औपचारिक क्षेत्र भनेर विभेद गर्न पाइने छैन् भने काम शुरु गरेको दिनदेखि नै नियुक्ति पत्र पाउने छन् ।

तपाइको मत