कालिकाेट टिपर दुर्घटनामा २ जनाको मृत्यु र ९ जना घाइते

२८ जेठ ०७७, कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाबाट रास्कोट नगरपालिका जाँदै गरेको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु र ९ जना घाइते भएका छन् ।

बुधबार बिहान करिब साढे १० बजेकाे समयमा कालिकोटको लालिघाटमा भएको क ५१३३ ख नम्बरको टिपर दुर्घटनामा रास्कोट नगरपालिकाकी २१ वर्षीया घुम्की सार्की र २३ वर्षीया सर्मिला कार्कीकाे मृत्युु भएको हाे ।

दुर्घटना भएको उक्त टिपरमा ३९ जना रहेको अनुमान गरिएको अखिल नेपाल ट्रेड युनियन महासंघका कर्णाली प्रदेश सचिव दिपक चदराले जानकारी दिए ।

उनले घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको र बाँकी बेपत्ताको खाेजी कार्य जारी रहेकाे बताए ।

भारतबाट नेपाल आएर क्वारेन्टाइमा बस्न रास्कोटतर्फ जाने क्रममा कर्णाली करिडोरको सडकखण्डबाट करिब २० मिटर तल कर्णाली नदीमा टिपर खसेको थियोे ।