कालीकोटमा पुनः अनिश्चितकालीन कर्फ्यु

छानविन समितिप्रति आफन्तले जनाए असन्तुष्टि

९ पुस ०७४, कालीकोट । कालीकोटमा प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि सरकारले गठन गरेको छानविन समितिप्रति मृतकका आफन्तले असन्तुष्टि जनाएका छन् ।

सरकार पक्षका व्यक्तिहरुलाई मात्रै समेटेर छानविन समिति बनाइएको भन्दै प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका विवेक अइडीको आफन्तले असन्तुष्टि जनाएका हुन् ।

सेवा सुविधा कम भएको भन्दै विरोधमा उत्रिएका म्यादी प्रहरीमाथि प्रहरीले चलाएको गोली लागेर मृत्यु रास्कोट नगरपालिका २ का ३० वर्षीय विवेक अइडीको मृत्यु भएको थियो ।

अइडीको आफन्त र स्थानीयवासीले छानविन समितिमा जिल्लाका जनप्रतिनिधिहरुलाई समेत राख्न माग गरेका छन् ।

पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्ति व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेका छन् ।

सरकारले मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णयसमेत गरिसकेको छ भने घटनाबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव डा. मानबहादुर विकको संयोजकत्वमा समिति गठन गरेको छ ।

कालीकोटमा पुनः अनिश्चितकालीन कर्फ्यु

यसैबीच कालीकोटमा पुनः अनिश्चितकालीन कर्फ्यु लगाइएको छ ।

विहान २ घण्टाका लागि हटाइएको भएपनि फेरि अनिश्चितकालीन कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जानकारी दिए ।

प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि तनाव भएको कालीकोटमा शुक्रबारदेखिनै कफ्र्यु लगाइएको छ ।

तपाइको मत