काष्ठमण्डप पुनर्निर्माणका लागि ४ पक्षीय समझदारी पत्रमा हस्ताक्षर

२९ बैशाख ०७४, काठमाडौं । उद्योगमन्त्री नवीन्द्रराज जोशीकाे उपस्थितिमा बसन्तपुुुरमा रहेकाे काष्ठमण्डप मन्दिर पुनर्निर्माण गर्न ४ पक्षीय समझदारी पत्रमा हस्ताक्षरञ  भएको छ ।
शुक्रबार काष्ठमण्डपको पुनर्निर्माणबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडौं महानगरपालिका र काष्ठमण्डप पुनर्निर्माणका लागि अभियानबीच ४ पक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी पत्रमा प्राधिकरणका तर्फबाट सहसचिव यमलाल भुषाल, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत इश्वरराज पौडेल र काष्ठमण्डप पुनर्निर्माण अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षरसँगै काष्ठमण्डप पुनर्निर्माण अभियानले काष्ठमण्डप पुनर्निर्माणको मूल जिम्मेवारी लिनेछ ।

हस्ताक्षर कार्यक्रममा काष्ठमण्डप रहेको निर्वाचन क्षेत्रका उद्योगमन्त्री तथ सांसद नवीन्द्रराज जोशीले काष्ठमण्डपका लागि टिम्बर कर्पोरेसनबाट सबैभन्दा राम्रो काठ आपूर्ति गर्न मन्त्रीपरिषदमा निर्णय भइसकेको जानकारी दिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले सार्वजनिक तथा निजी साझेदारी अवधारणा अन्तर्गत पुनर्निर्माण हुन लागेकाले भविष्यमा अन्य ठाँउमा पनि यस्तै गर्न सके पुनर्निर्माणले तिव्रता पाउने बताए ।

काष्ठमण्डप पुनर्निर्माणका लागि अभियानले काष्ठमण्डप पुनर्निर्माणको मूल जिम्मेवारी लिनेछ ।

तपाइको मत