कास्कीमा कोरोना संक्रमित एक पुरुषको निधन

२५ साउन ०७७, कास्की । पोखरा महानगरपालिका वडा नं. १९ निवासी कोरोना संक्रमित एक पुरुषको निधन भएको छ ।

पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानले साउन १७ गते अस्पतालमा भर्ना भएका मधुमेहका बिरामी समेत रहेका ६२ वर्षीय कोरोना संक्रमितको निधन भएको बताएको हो ।

प्रतिष्ठानका निर्देशक सह प्रा.डा. अर्जुन आचार्यले ती पुरुष शनिबार राति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको जानकारी दिए ।