२६ असार ०७७, कास्की । पोखरा महानगरपालिका १८ सराङकोटको गोठादीमा पहिरोमा परेर ३ जनाको मृत्यु र ७ जना घाइते भएका छन् ।
घर माथिको सडक भत्किएर आएको पहिरोले टंकबहादुर थापाको घर बगाउँदा एउटै घरमा रहेका १० जना पहिरोमा परेका हुन् ।
कास्की प्रहरीले १० जना मध्ये ३ जनाको मृत्यु र ७ जना घाइते भएको जानकारी दिएको छ ।
यस्तै कास्कीकै हेम्जामा पहिरो जादाँ ७० बर्षीय हिमकला अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई उपचारका लागि स्थानीयको सक्रियातामा मणिपाल अस्पताल पु-याइएको प्रहरीले जनाएको छ । अन्य हराइरहेको आशंकामा प्रहरीले खोजी कार्य जारी राखेको छ ।
त्यस्तै लमजुङमा अबिरल बर्षाले पहिरो गएर घर पुरिँदा लमजुङमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
अबिरल बर्षाका कारण बिहीबार राति साढे १० बजेतिर पहिरोले घर पुरिँदा बेंसीशहर नगरपालिका १० खाँचे घर भई बेंसीशहर नगरपालिका ७, सातबिसेमा बस्दै आएका अन्दाजी ३०/३२ बर्षीय दीपक तामाङ, उनको श्रीमती अन्दाजी २५/२६ बर्षीय बिमाया तामाङ र छोरा अन्दाजी ८/९ बर्षको छेवाङ तामाङको मृत्यु भएको प्रहरीले बताएको छ ।