भारत । कुख्यात भारतीय अपराधी बब्लु दुबेको अदालतमा पेश गर्ने क्रममा गोली हानेर हत्या भएको छ ।
बिहीबार भारतको बक्सार कारागारमा सजाय काटिरहेका मितिलेश दुबे ‘बल्लु’लाई बेतिया सिभिल कोर्टमा पेश गर्न लगिएको समयमा प्रहरी घेराका बीच अदालत परिसरमै दुबेको गोली प्रहारबाट मृत्यु भएको हो ।
तीन जनाको संख्यामा रहेको अज्ञात समूहले उनीमाथि गोली हानेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनको घटनास्थलमै मृत्यु भएको छ ।
मोस्ट वान्टेड सूचीमा रहेका बब्लुलाई २०१३ मा नेपाल प्रहरीले पक्राउ परेको थियो । काठमाडौंबाट पक्राउ परेका उनलाई एक सातापछि बिहार प्रहरीलाई बुझाइएको थियो ।
३१ वर्षका बब्लुले बिहारको जेलबाटै विहारका साथै सीमा क्षेत्रमा आपराधिक धन्दा चलाउँदै आएका थिए । उनीविरुद्ध नेपालमा पनि अभियोग छ ।













