१५ पुस ०७४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ताको कुर्सीमा बसिरहन कुनै रहर नभएको स्पष्ट पारेका छन् ।
शनिबार टुँडिखेलमा तमु ल्होसारको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले सत्ताको कुर्सीमा बसिरहन कुनै रहर नभएको स्पष्ट पारेका हुन् ।
प्रधानमन्त्री देउवाले लोकतन्त्रिक इतिहास बोकेको कांग्रेस जस्तो पार्टीप्रति अनेक शंका उपशंका नगर्न एमाले र माओवादी केन्द्रसँग आग्रह समेत गरे । उनले भने, ‘चुनावको नजिता सहर्ष स्वीकार गरेर सरकार निर्माणमा पुरा सहयोग गर्न तयार रहेको व्यक्तिलाई झुटा कुरा गर्नु शोभनीय हुँदैन ।’
राष्ट्रपतिले राष्ट्रियसभा सदस्यको निर्वाचनसम्बन्धी अध्यादेशमा स्वीकृत गरेर नेपालको राजनीतिमा महत्व योगदान पुगेको प्रधानमन्त्री देउवाले बताए ।
देउवाले मौलिक पहिचानको रुपमा रहेका विभिन्न जाति समुदायको पर्वलाई उत्सवका साथ मनाउन सहयोग गर्नु राज्यको दायित्व रहेको बताए ।