११ जेठ ०७४, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पूरै देश उज्यालो बनाउने जिम्मा दिनु पर्ने बताएका छन् ।
खनालले सगरमाथा टेलिभिजनको कार्यक्रम एस-टिभी च्याटमा कुलमानको प्रशंसा गर्दै साे कुरा बताएका हुन् ।
एलईडी बल्ब प्रकरणमा कुलमान रुनु परेको भन्दै नेता खनालले उक्त कार्यक्रममा कुलमानप्रति सहानुभूति प्रकट गर्दै विधुत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सम्पूर्ण अधिकारसहित पूरै देश उज्यालो बनाउने जिम्मा दिनु पर्ने बताए ।