११ चैत्र ०८१, काठमाडौं । स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त गर्ने निर्णय गर्दै हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।
२०७३ सालको तिहारबाट उज्यालो नेपालको प्रतिक बनेका कुलमान घिसिङको कार्यकाल २०८२ साउन २४ मा सकिँदै थियो ।
ऐनबमोजिम कार्यकारी निर्देशकले पालना गर्नुपर्ने आफ्नो काम र कर्तव्य पालना नगरेको भन्दै ऊर्जा मन्त्रालयले २२ पुस २०८१ मा घिसिङलाई ‘पदबाट किन नहटाउने’ भन्दै स्पष्टीकरण सोधेको थियो । मन्त्रिपरिषद्ले स्पष्टीकरण सोधेपछि उनले १८ पेजको स्पष्टीकरण पेश गरेका थिए ।
केपी शर्मा ओली नेतृत्वको नयाँ सरकार बनेपछि ४ साउन २०८१ मा प्रधानमन्त्री ओलीले उद्योगहरूमा काटिएको लाइन तत्काल जोडिदिन निर्देशन दिए, तर घिसिङले वक्यौता रकम उद्योगहरुले नतिरेको भन्दै उद्योगलाई विद्युत दिएनन् । तथापि, विद्युत् नियमन आयोगले लिखित निर्देशन दिएपछि ८ साउनमा उनले लाइन जोडिदिएका थिए ।