कृषि विकास कार्यालयद्वारा बर्गदैया सहकारीलाई ट्याक्टर हस्तान्तरण

रबिन्द्र प्रताप गुप्ता

20170519_124604
९ जेठ ०७४, भैरहवा । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले सूर्यपुरामा रहेको बर्गदैया तरकारी उत्पादक कृषि सहकारी संस्थालाई ट्याक्टर हस्तान्तरण गरेको छ ।

हरियो तरकारीको पकेट क्षेत्र रहेको सूर्यपुरामा बजारीकरण र व्यवसायीकरणमा ट्याक्टरको आवश्यकता रहेको जनाउँदै कृषि सहकारीले जिल्ला कृषि विकास कार्यालयको ७ लाख रुपैँया सहयोगमा ट्याक्टर खरिद गरेको हो ।

जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख भोजराज सापकोटाले सहकारीले मंगलबार आयोजना गरेको सार्वजनिक सुनुवाई तथा ट्याक्टर हस्तान्तरण कार्यक्रममा सहकारीका अध्यक्ष पन्नेलाल केवटलाई चाँबी र ब्लू बुक हस्तान्तरण गरेका हुन् ।

20170519_124525

कृषि विकास कार्यालयको पचास प्रतिशत अनुदानको ट्याक्टरले तरकारी बजारसम्म पु¥याउन, खेत जोत्न, अन्य कृषिजन्य उपकरणहरु ओसार–पसार गर्न सहयोग गर्न मिल्ने सहकारीका सचिव यशवन्त पथिकले बताए ।

यान्त्रिक औजारहरुको बढ्दो प्रयोगले कृषिमा लागत कम लाग्ने भएकाले यान्त्रिक औजारमा विशेष ध्यान दिएको पथिकले बताए ।

पछिल्लो समय कृषिमा यान्त्रीकरण गर्न सरकारले विशेष अनुदान दिन थालेको छ । त्यस्तै कृषि इञ्जिनियरिङ्ग निर्देशनालयबाट कृषि यन्त्र उपकरण खरिद गर्दा ५० प्रतिशत अनुदान दिएको छ ।

20170519_121614

निर्देशनालयले उपकरण खरिदका लागि जेठ १२ सम्म नजिकको जिल्ला कृषि विकास कार्यालयमा निवेदन दर्ता गर्न म्याद दिएको छ । आवेदनका लागि नागरिकताको फोटोकपि, एकप्रति फोटो, जग्गाको लालपुर्जा आवश्यकता पर्ने बताइएको छ ।

तपाइको मत