७ माघ, राजविराज । कृषि विकास बैंक क्षेत्रिय कार्यालय राजविराजले आफनो ५० औं वार्षिक उत्सव विविध कार्यक्रमको आयोजना गरी मनाएको छ ।
शुक्रबार राजविराजको क्षेत्रिय कार्यालय परिसरमा रक्तदान, म्युजिकल चेयर, आँखा पटीबाधेर, गाग्री फुटाउने तथा सेवा निवृत कर्मचारी र असल ग्राहकलाई सम्मान लगायतका कार्यक्रम गरी बैंकले बार्षिक उत्वसव मनाएका हुन् ।
कार्यक्रममा सेवा निवृत भएका ५ दर्जन भन्दा बढी कर्मचारीलाई प्रमुख अतिथि बैंकका पूर्व विभागिय प्रमुख नित्यानन्द देवले दोसल्ला ओढाएर सम्मान गरेका थिए । भने ४ जना असल ग्राहकलाई कदर पत्रबाट सम्मानित गरिएको थियो ।
बैंकका क्षेत्रिय कार्यालय निर्देशक धनुषधारी महतोको अध्यक्षतामा आयोजित समारोहमा ऋण अधिकृत कुलानन्द झा, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा लगायतकाले बार्षिक उत्सवको अवसरमा शुभकामना दिएका थिए ।
सोही अवसरमा शाखाका अधिकृत उपेन्द्र कारकलाई २५ बर्षे सेवा स्वर्णपदक प्रदान गरिएको थियो ।
रक्तदान कार्यक्रममा बैंकका १९ जना कर्मचारीले रक्तदान गरेका थिए ।













