५ फागुन ०८१, काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)ले केआईआईटी घटनामा सरकार जिम्मेवार नदेखिएको आरोप लगाएको छ ।
क्रान्तिकारीले भारतको कलिङ्ग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बी.टेक. तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालमाथि भएको दुव्र्यवहार र आत्महत्या घटनाको निन्दा गर्दै सरकार जिम्मेवार नदेखिएको आरोप लगाएको हो ।
क्रान्तिकारीले सोमबार एक विज्ञप्ति जारी गर्दै केआईआईटीमा नेपाली विद्यार्थीहरू हिंसा र धम्कीको सिकार भएको घटनामा सरकार जिम्मेवार नदेखिएको बताएको हो ।
विद्यार्थीहरूलाई विश्वविद्यालय प्रशासनबाट धम्की, कुटपिट र जबरजस्ती विश्वविद्यालय छाड्न बाध्य पारिएको घटनामा सरकारले आवश्यक कदम चाल्न नसकेको संगठनको आरोप छ ।
विज्ञप्तिमा भनिएको छ, ‘समस्याको समाधान गर्न र न्याय सुनिश्चित गर्नुपर्ने अवस्थामा केआईआईटी प्रशासनले उल्टै नेपाली विद्यार्थीहरूलाई छात्रावास खाली गर्न आदेश दिएको छ, जसले सहानुभूति र जिम्मेवारीको गम्भीर अभाव देखाएको छ ।’