
१७ कार्तिक ०७९, भक्तपुर । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला भक्तपुर क्षेत्र नं. २ मा घरदैलो कार्यक्रम सुरु गरेको छ ।
एमाले क्षेत्र नं. २ प्रचारप्रसार समितिले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि आजदेखि घरदैलो कार्यक्रम सुरु गरेको जानकारी दिएको हो ।
निर्वाचन क्षेत्र नं. २ मा एमालेले पार्टीका पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतलाई प्रतिनिधि सभामा र प्रदेश ‘क’ तर्फ किरण थापा साथै ‘ख’ मा चन्दनकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
उम्मेदवारको सहभागितामा निस्किएको प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा झाँकी समेत प्रदर्शन गरिएको थियो ।













