
१९ असोज ०७४, भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले कोजाग्रत पूर्णिमाका अवसरमा दशैँको अन्तिम दिन नवदुर्गा भवानीको पूजाअर्चना गरेकी छन् ।
राष्ट्रपति भण्डारीले बिहीबार अपराह्न ४ बजेर १५ मिनेटमा मन्दिरमा पुगेर नवदुर्गाको पूजा गरी दर्शन गरेर प्रसाद ग्रहण गरिन् ।
त्यस क्रममा राष्ट्रपति भण्डारीले नवदुर्गाका पुजारी, नाइके र देवगणलाई जनही ५०५ रूपैयाँका दरले दक्षिणा दिएकी छन् ।
देवगणले भने आफूहरुको अवस्था ज्यादै नाजुक भएकाले सरकारले उचित रकमको व्यवस्था गर्नुपर्ने कुरा राष्ट्रपतिसमक्ष माग गरेका थिए ।
नवदुर्गा जात्रा सञ्चालनका लागि वर्षको करिब रु १० लाख खर्च हुने तर रकम कतैबाट नआउँदा प्रसिद्ध जात्रा नै संकटमा परेको देवगणले गुनासो गरेका छन् ।













