कोभिड-१९ संक्रमणबाट इटलीमा १० हजार २३, स्पेनमा ५ हजार ५ सय ९४ जनाको मृत्यु

१६ चैत ०७६, काठमाडौं । इटालीको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ सय ८९ जनाको ज्यान गएको बताएको छ ।

इटली स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कोभिड–१९बाट मृत्यु हुनेको संख्या १० हजार २३ पुगिसकेको छ भने शनिबार थप ५ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् ।

हालसम्म संक्रमितको संख्या ९२ हजार नाघेको र ती मध्ये १२ हजार संक्रमित पूर्णरुपमा निको भएको जनाइएको छ ।

स्पेनमा ५ हजार ५ सय ९४ जनाको मृत्यु भएको पुष्टि

यसैगरी स्पेनको स्वास्थ्य मन्त्रालयले शनिबार दिउँसोसम्म ५ हजार ५ सय ९४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा ८ सय ३२ जनाको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयले कुल संक्रमितको संख्या ७२ हजार दुई ४८ पुगेको र ४ हजार ८ सय ७५ जनाको आईसीयूमा उपाचार भइरहेको बताएको छ । यस्तै १२ हजार २ सय ८५ जना निको भइसकेका छन् ।

कोरोना भाइरसका कारण स्पेनको राजधानी म्याड्रिड सबैभन्दा बढी प्रभावित भएको छ