५ असार ०७७, काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले प्रदेश सरकारमार्फत् स्थानीय तहलाई ३५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको सीसीएमसी बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना संक्रमण बढ्दै गएको वर्तमान अवस्थामा थप क्वारेन्टाइन र आइसोलेसन निर्माण गर्नुपर्ने भएकाले कोभिड–१९ कोषबाट स्थानीय तहहरुलाई ३५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय भएको बताए ।
यस्तै अध्ययनका लागि जानेहरुलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिफारिस गर्ने उनले बताए ।
यसैगरी सीसीएमसीले आफ्नो खर्चमा नेपाल आउन नसक्ने अवस्थाका श्रमिकहरूलाई सरकारी खर्चबाट नेपाल फर्काउने कार्यविधि बनाएर लागू गर्न र बैदेशिक रोजगारीमा रही बिदामा नेपाल आएका साथै नयाँ रोजगारीका लागि विदेश जानेहरूको हकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिइएको बताए ।
बैठकले सिसिएमसीसँगको समन्वयमा कोरोना संक्रमणको जोखिम मूल्यांकन गरेर संक्रमित क्षेत्र वा जिल्लालाई सिल गर्ने अख्तियारी प्रदेश सरकारलाई दिएको छ ।













