काठमाडौं । उत्तर कोरियाले आफ्नो देश कोरोना भाइरस (कोभिड–१९) को मुक्त रहेको दाबी गरेको छ । तर, अमेरिकाले उक्त दाबी अस्वीकार गरेको छ ।
विश्वलाई नै त्राहीत्राही पारिरहेका कोरोना भाइरसबारे उत्तर कोरियाले कोरोनामुक्त आफ्नो देश दाबी गरिरहँदा उक्त दाबी अमेरिकाले अस्वीकार गरेको हो ।
उत्तर कोरियाको केन्द्रीय आपतकालीन केन्द्रका प्रमुख पाक म्योङ्ग सुले अहिलेसम्म एक जना व्यक्तिमा पनि कोरोनाको संक्रमण नभेटिएको दाबी गरेका छन् ।
उत्तर कोरियाले छिमेकी देश चीनमा कोभिड–१९ को पुष्टि सार्वजनिक हुनासाथ सीमा नाकालाई बन्दै गरेको थियो ।
‘कोरोना रोकथाम र नियन्त्रणको हाम्रो प्रयास पूर्णरुपमा सफल भएको छ, एक जना व्यक्तिमा पनि कोरोना संक्रमण छैन’ उत्तर कोरियाले भनेको छ ।
अमेरिकाको मिलिटरी कमाण्डर जनरल रोबर्ट एबराम्सले उत्तर कोरियाको कोरोना मुक्त दाबीलाई “असम्भव दाबी” भनेका छन् ।