काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) संक्रमणविरुद्ध बेलायतले पहिलो पटक मानिसमा कोरोना खोपको परीक्षण सुरु गरेको छ ।
बेलायतको अक्फोर्ड विश्वविद्यालयमा पहिलो पटक मानिसमा गरिएको कोरोना खोपको परीक्षणका लागि ८०० जनालाई छनोट गरिएको बिबिसीले जनाएको छ ।

परीक्षणका क्रममा छनौट गरिएका मध्ये आधालाई कोरोनाविरुद्धको विकास गरिएको खोप लागाइने छ भने आधालाई मेनेन्जाइटिस बिरुद्ध दिइने खोप दिने तयारी गरिएको छ ।
समाचारमा यसका लागि दुई जना स्वयंसेवकमा सो खोप परीक्षण गरिएको छ भने सो खोपको परीक्षणबारे ती स्वयंसेवकलाई कुन खोप दिइएको भन्ने जानकारी हुने छैन् तर चिकित्सहरूलाई भने कसलाई कुन खोप दिइएको थियो भन्ने थाहा हुनेछ ।
यो जिम्मेवारी पाएका दुई जना मध्येकी इलिसा ग्रानाटोले भन्नुभयो, ‘म एक वैज्ञानिक हुँ त्यसकारण म एउटा वैज्ञानिक प्रक्रियालाई जहाँसम्म सकिन्छ सहयोग गर्नेछु ।”
यो खोप तीन महिना अवधिमा विकास गरिएको अक्फोर्ड विश्वविद्यालयका खोप विज्ञ सार्थ गिल्बर्टले बताएका छन् । उनले व्यक्तिगतरुपमा आफूलाई सो खोपप्रति निकै विश्वास रहेको बताएका छन् ।
यस खोपले काम गर्ने कुरामा आफू ८० प्रतिशत विश्वस्त रहेको तर अहिले नै यसै भन्न सक्ने अबस्था नरहेको उनले स्पष्ट पारेका छन् ।
वैज्ञानिकहरुले कसरी यसले काम गर्छ भन्ने बारे जो भाइरस संक्रमणको उच्च जोखिममा रहेका छन् उनीहरूमा परीक्षण गर्ने सोच बनाएको समाचारमा उल्लेख छ ।













