कोभिड–१९ संक्रमित कूल संख्या १७ हजार ८ सय ४४ पुग्यो

५ साउन ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको जानकारी दिएको छ ।

मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङमा पछिल्लो चौबीस घण्टामा १८६ जना नयाँ संक्रमितको पुष्टि बताउँदै कूल संक्रमित १७ हजार ८ सय ४४ पुगेको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतम पछिल्लो चौबीस घण्टामा ४ हजार २ सय १६ नमूना संकलन गरी परीक्षण गरिएको बताए ।

उनले नेपालमा ५ हजार ९ सय ३६ जनामा कोभिड–१९ को संक्रमण सक्रिय रहेको बताउँदै हालसम्म ११ हजार ८ सय ६८ संक्रमित निको भएको बताए ।

यस्तै हाल क्वारेन्टाइनमा कोभिड–१९ का २२ हजार २ सय २८ जना आशंकित र आइसोलेसनमा ५ हजार ९ सय ६ जना रहेको समेत उनले जानकारी दिए ।