विश्वभर कोरोनाबाट ८८ हजार बढीले ज्यान गुमाए, संक्रमित १५ लाख १८ हजार पुग्यो

२७ चैत ०७६, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड–१९ विरुद्ध लड्न विश्व नै एकजुट हुनुपर्ने बताएको छ ।

बिहीबार डब्लुएचओले महामारीविरुद्ध लड्न विश्व एकताबद्ध भएर लाग्नुपर्ने भन्दै कोरोनाको नाममा राजनीति गर्न नहुने सुझाएको छ ।

विश्वलाई आतंकित बनाइरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बिहीबार बिहानसम्म विश्वभर ८८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

विश्व स्वस्थ्य संगठन (डब्लुएचओ), सिडिसी, एनएचएसकाअनुसार हालसम्म विश्वभर ८८ हजार ५ सय २ जनाको मृत्यु भइसकेको छ भने कोरोनाका संक्रमित संख्या १५ लाख १८ हजार ७ सय १९ पुगिसकेको छ ।

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी इटालीमा मृत्य भएको छ । इटालीमा १ लाख ३९ हजार ४ सय २२ जनामा संक्रमण देखिएकोमा १७ हजार ६ सय ६९ जनाको मृत्यु भइसकेको छ भने २६ हजार ४ सय ९१ जना निको भएको बताइएको छ ।

यसैगरी स्पेनमा १ लाख ४८ हजार २ सय २० जनामा संक्रमण देखिएकोमा १४ हजार ४५ जनाको मृत्यु भइसकेको छ भने ४८ हजार २१ जना निको भएको बताइएको छ ।

यस्तै अमेरिकामा ४ लाख, ३४ हजार ९ सय ३७ जनामा संक्रमण देखिएकोमा १४ हजार ७ सय ८८ जनाको मृत्यु भइसकेको छ भने २२ हजार ८ सय ९१ जना निको भइसकेको बताइएको छ ।

यसैगरी फ्रान्समा १ लाख, १२ हजार ९ सय ५० जनामा संक्रमण देखिएको छ भने १० हजार ८ सय ६९ जनाको मृत्यु भइसकेको छ । र, २१ हजार २ सय ५४ जना निको भएको बताइएको छ ।

यसैगरी बेलायत युकेमा ६० हजार ७ सय ३३ जनामा संक्रमण देखिएको छ भने ७ हजार ९७ जनाको मृत्यु भइसकेको छ । र, १३५ जना निको भएको बताइएको छ ।

यसैगरी इरानमा ६४ हजार ५ सय ८६ जनामा संक्रमण देखिएको छ भने ३ हजार ९ सय ९३ जनाको मृत्यु भइसकेको छ । र, २९ हजार ८ सय १२ जना निको भएको बताइएको छ ।

यसैगरी चीनमा ८१ हजार ८ सय ६५ जनामा संक्रमण देखिएको छ भने ३ हजार ३ सय ३५ जनाको मृत्यु भइसकेको छ । र, ७७ हजार ३ सय ७० जना निको भएको बताइएको छ ।

यसैगरी बेल्जियममा २३ हजार ४ सय ३ जनामा संक्रमण देखिएको छ भने २ हजार २ सय ४० जनाको मृत्यु भइसकेको छ । र, ४ हजार ६ सय ८१ जना निको भएको बताइएको छ ।

यसैगरी नेदरल्याण्डमा २० हजार ५ सय ४९ जनामा संक्रमण देखिएको छ भने २ हजार २ सय ४८ जनाको मृत्यु भइसकेको छ । र, २५० जना निको भएको बताइएको छ ।

यसैगरी जर्मनीमा १ लाख १३ हजार २ सय ९६ जनामा संक्रमण देखिएकोमा २ हजार ३ सय ४९ जनाको मृत्यु भइसकेको छ भने ४६ हजार ३ सय जना निको भएको बताइएको छ ।

यसैगरी कोभिड–१९को संक्रमणबाट एक हजारभन्दा कम मृत्य भएका देशहरु निम्न छन् : 
 स्वीटजरल्याण्डमा ८ सय ९५ जना,
 टर्कीमा ८ सय १२ जना,
 ब्राजिलमा ८ सय २० जना,
 स्वीडेनमा ६ सय ८७ जना,
 क्यानाडामा ४ सय २७ जना,
 पोर्चुगलमा ३ सय ८० जना,
 अष्ट्रियामा २ सय ७३ जना,
 इण्डोनेसियामा २ सय ४० जना,
 इक्वेडरमा २ सय ४२ जना,
 आयरल्याण्डमा २ सय ३५ जना,
 डेनमार्कमा २ सय १८ जना,
 रोमानियामा २ सय २० जना,
 दक्षिण कोरियामा २ सय ४ जना,
 फिलिपिन्समा १ सय ८२ जना,
 पोल्याण्डमा १ सय ५९ जना,
 मेक्सिकोमा १ सय ७४ जना,
 भारतमा १ सय ६६ जना,
 पेरुमा १ सय २१ जना,
 डोमिनिकनमा १ सय ८ जना,
 जापानमा ९४ जना,
 नर्बेमा १ सय १ जना,
 ग्रीसमा ८३ जना,
 इजरायलमा ७३ जना,
 मलेसियामा ६५ जना,
 सर्बियामा ६५ जना,
 अर्जेन्टिनामा ६५ जना,
 रसियामा ६३ जना,
 पाकिस्तानमा ६१ जना,
 पानामामा ६३ जना,
 कोलम्बियामा ५५ जना,
 अष्ट्रेलियामा ५० जना,
 लक्जम्वर्गमा ४६ जना,
 चिलीमा ४८ जना,
 साउदी अरेबियामा ४१ जना,
 फिन्ल्याण्डमा ४० जना,
 थाइल्याण्डमा ३० जना,
 दक्षिण अफ्रिकामा १८ जना,
 युएईमा १२ जना,
 सिंगापुरमा ६ जना,
 कतारमा ६ जनाको मृत्यु भइसकेको छ ।

(स्रोत : डब्लुएचओ, सिडिसी, एनएचएस, जेएचयु सीएसईई)