सङ्गीतकर्मीद्वारा यातायात मजदुरहरुलाई एक लाख बराबरको खाद्यन्न हस्तान्तरण

समाजसेवी, संगितकार सुनिल मास्केसहित अखिल नेपाल यातायात मजदुर संघका नेताहरु । तस्बिर : दिपक

२८ बैशाख ०७७, काठमाडौं । सांगीतिक कलाकारहरुले १ लाख बराबरको खाद्यान्न मजदुरहरुलाई राहतस्वरुप हस्तान्तरण गरेका छन् ।

कलाकर्मीहरुले बन्दाबन्दीको प्रत्यक्ष मारमा परेका दैनिक गुजारा नचल्ने अवस्थामा पुगेका कंलकी, कीर्तिपुर, काठमाडौं र भक्तपुरका १०५ जना यातायात मजदुरलाई आइतबार उक्त रकम बराबरको खाद्यन्न सहयोग गरेका हुन् ।

काठमाडौ महानगरपालिका १६ नयाँबजार बस्ने समाजसेवी, चर्चित संगितकार एवम् प्राज्ञ श्री सुनिल मास्केको पहलमा संगितकार सचिन सिहं, संगितकार सुरेश महर्जन, म्युजिक एरेन्जर प्रदिप श्रेष्ठ र साउन्ड इन्जिनियर किशोर थापाबाट सो खाद्यन्न सहयोगस्वरुप प्राप्त भएको हो ।

कलाकर्मीबाट प्राप्त उक्त खाद्यन्न यातायात मजदुरलाई प्रतिव्यक्ति १५ के.जी. चामल, २ के.जी. दाल, १ लिटर तेल, १ प्याकेट नुन, १ प्याकेटका दरले १०५ जनालाई बितरण गरिएको बाग्मती प्रदेश अध्यक्ष दिपक के.सी.ले जानकारी दिए ।

उनले यातायात मजदुरलाई वितरीत खाद्यवस्तु अखिल नेपाल यातायात मजदुर संघ केन्द्रीय उपाध्यक्ष एवम् बाग्मती प्रदेश अध्यक्ष दिपक के.सी., उपाध्यक्ष सुन्दर कुमार के.सी. प्रदेश उपाध्यक्ष डम्बर ठकुरी, सचिव समेत रहेका काठमाडौं जिल्ला अध्यक्ष बिष्णु गुरुङले संकलन गरेको पनि बताए ।

संकलित राहत वितरणसँगै सहयोगी संगीतकार सुनिल मास्के लगायत सहयोगी समूहलाई बाग्मती प्रदेश अध्यक्ष दिपक के.सी.ले धन्यवादसहित आभार व्यक्त गरेका छन् भने समाजसेवी मास्केले अतिविपन्नहरुलाई आवश्यक थप सहयोग गर्ने बताएका छन् ।

विश्वलाई नै त्राहीत्राही बनाएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले बन्दाबन्दी अर्थात् अत्यावश्यक काममा बाहेक घरमै बस्न आदेश जारी गरेपछि दैनिक ज्यालादारी गरेर खाने श्रमिकहरुको दैनिकी कष्टकर बन्दै गइरहेका बेला सरकारको समेत दृष्टि नपुगेको श्रमिकहरुलाई मनकारी कलाकर्मी लगायत विभिन्न क्षेत्रबाट राहत तथा सहयोगहरु वितरण भइरहेका छन् ।

सरकारले ०७६ चैत ११ गतेदेखि बन्दाबन्दी आदेश जारी गरेपछि दैनिक गाडी चलाएर गुजारा चलाउने मजदुरवर्ग (चालक तथा सहचालकहरु) साथै दैनिक ज्यालादारी गरेर खाने अति विपन्न श्रीमकहरुको दैनिकी यतिबेला कोरोना संक्रमण भन्दा पनि भोकको संक्रमणले थलिने दिशामा उन्मुख रहेको देखिन्छ ।