२ भदौ ०७७, बाँके । जिल्लाको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमितको निधन भएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले साउन ३२ गते कोरोनासँग मिल्दोजुल्दो लक्षणसहित ज्वरो आएपछि मेडिकल कलेजमा भर्ना भएका नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुषको सोमबार राति पौने १२ बजेतिर निधन भएको बताए ।
मृतक पुरुषको सोमबार दिउँसो पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको उनले बताए ।