कोरोना भाइरस नयाँ पुष्टि ९ जना, कूल संक्रमित २५८

२ जेठ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अध्यावधिक विवरणअनुसार कोरोना भाइरस (कोभिड–१९) का पुष्टि भएकाहरूको संख्या २५८ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएको संख्या नौ (९) पुगेसँगै कूल संक्रमित संख्या २५८ पुगेको हो ।

नयाँ संक्रमितहरु मकवानपुर निवासी ३७ वर्षीय पुरुप, बाँके नैनापुर वडा नं. १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२, ३६ वर्षीय पुरुषहरू रहेको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

डा.अधिकारीले संक्रमितको स्वास्थ्य अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताएका छन् ।

मन्त्रालयले हालसम्म ३५ जना संक्रमितहरु निको भइसकेको बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अध्यावधिक विवरण :