भरतपुर कोरोना विशेष अस्पतालमा उपचाररत् यादवको निधन, स्वाबको रिर्पोट आउन बाँकी

११ चैत ०७६, चितवन । भरतपुर कोरोना विशेष (अस्थाई) अस्पतालको सघन उपचार कक्षमा उपचाररत् वीरगञ्ज २२ जगन्नाथपुर निवासी ३० बर्षीय सन्तोष यादवको मंगलबार बिहान मृत्यु भएको छ ।

अस्पतालले सोमबार जारी गरेको ‘जानकारी’ अनुसार ज्वरो र निमोनियाको लक्षण भई चितवन मेडिकल कलेजबाट रिफर भई कोभिड १९ को आशंकामा अस्थाई अस्पताल आएका यादवको उपचारकै क्रममा आज बिहान मृत्यु भएको हो ।

बिहान ९ः३० बजे मृत घोषणा गरिएका यादवको स्वाब (नमूना कलेक्सन) काठमाडौं पठाइएको र स्वाबको रिर्पोट नआउन्जेल आइसोलेसनमा राखिएको जानकारीमा उल्लेख गरिएको छ ।

यादव पहिलेदेखि नै “लुपस” भन्ने रोगले मृगौला समेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्षण भई चितवन मेडिकल कलेजबाट रिफर भई कोभिड १९ को आशंकामा कोरोना विशेष (अस्थाई) अस्पताल आएको अस्पतालले जानकारीमा उल्लेख गरेता पनि उनको मृत्युको ठोस कारण खुलाएको छैन् ।

भरतपुर कोरोना विशेष (अस्थाई) अस्पतालको ‘जानकारी’ :