कोरोना संक्रमित कूल संख्या १४ हजार ४६, मृत्यु हुने ३० पुग्यो

१७ असार ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको कूल संख्या १४ हजार ४६ पुगेको बताएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ४ सय ८२ जनामा कोरोना पुष्टि भएको बताउँदै कूल संक्रमित संख्या १४ हजार ४६ पुगेको बताएका हुन् ।

हाल आइसोलेसनमा ९ हजार ३ सय ६० रहेको साथै ४ हजार ६ सय ५६ जना कोरोना मुक्त भई घर फर्किएको पनि उनले जानकारी दिए ।

यस्तै प्रवक्ता गौतमले असार १४ गते अछामका ४५ वर्षीय एक पुरूषको मृत्यु भएको र मृत्युपछि असार १५ लिएको स्वाब परीक्षणपछि कोरोना पुष्टि भएको बताए ।

बयलपाटा अस्पतालमा उपचाररत् ती पुरुष मधुमेहको बिरामी रहेको पनि उनले बताए । योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।