१४ बैशाख ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या ५२ पुगेको जानकारी दिएको छ ।
मन्त्रालयले साँझ ६ः३० बजे प्रेस विज्ञप्ति जारी गरेर हाल अद्यावधिक विवरण अनुसार कोभिड–१९ पुष्टि भएकाहरुको संख्या ५२ पुगेको जनाएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कोशी अस्पताल विराटनगरमा भएको परीक्षणबाट थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
विज्ञप्तिमा भनिएको छ, “उहाँ झापा निवासी ५० वर्षीय पुरुष हुनुहुन्छ ।”
मन्त्रालयले निजको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पतालको सम्पर्कमा रहेको बताएको छ ।
यस्तै स्वास्थ्य मन्त्रालयले हालसम्म संक्रमण पुष्टि भई निको हुने संख्या १६ पुगेको पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।














