२३ साउन ०७७, काठमाडौं । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस (कोभिड–१९) को ४६४ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयले ४६४ जना नयाँ संक्रमित थपिएको जानकारी दिएको हो । योसँगै कुल संक्रमितको संख्या २२ हजार २१४ पुगेका छन् ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा ७ हजार ९२६ जनाको स्वाब परीक्षण गरिएको र हाल नेपालमा सक्रिय संक्रमित संख्या ६ हजार ३३० रहेको बताए ।
उनले १० हजार २०७ जना क्वारेन्टाइनमा रहेको जानकारी दिए ।