कोल्हवीको मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार निर्वाचित

६ जेठ ०७९, बारा । जिल्लाको कोल्हवी नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

नगरपालिकाको मेयरमा रामप्रासद चौधरी र उपमेयरमा लक्ष्मीकुमारी चौधरी निर्वाचित भएका हुन् ।

कांग्रेस उम्मेदवार रामप्रसादले निकटतम् प्रतिस्पर्धी एमालेका भरतबहादुर भण्डारीलाई ७०० बढी मतान्तरले हराउँदै मेयरमा निर्वाचित भएका हुन् ।

चौधरीले ९१०५ मत ल्याउँदा एमालेका भण्डारीले ८३०७ मत ल्याएका छन् ।

यस्तै नगरको उपमेयरमा कांग्रेसकी लक्ष्मीकुमारी चौधरीले एमालेकी उम्मेदवार सुइना थरुनीलाई ६०० बढी मतले पराजित गर्दै विजयी भएकी हुन् ।
लक्ष्मीले ९०८८ मत ल्याउँदा एमालेकी सुइनाले ८४८३ मत मात्र पाइन् ।