काठमाडौं । नेपाल शिक्षक महासंघले आफूसँग आवद्ध/सम्बद्ध सबै संघ–संस्थाहरुलाई सम्पूर्ण शिक्षक, कर्मचारीहरुको एक दिन बराबरको पारिश्रमिक महासंघले तोकेको खातामा जम्मा गर्न गराउन अनुरोध गरेको छ ।
महासंघले सोमबार एक अपित जारी गरेर नेपाल सरकारदरा गठित कोभिड–१९ राहत कोषमा जम्मा हुने गरी आवद्ध/सम्बद्ध सबै संघ संगठनका सबै समितिहरुमार्फत् सम्पूर्ण शिक्षक, कर्मचारीहरुको एक दिन बराबरको पारिश्रमिक जम्मा गर्न गराउन अनुरोध गरेको हो ।
“यो विष परिस्थितिमा शिक्षक एकताको आदर्श, मर्यादा तथा महासंघीय विधि पद्धतिबाट विचलन नहुन सबै आवद्ध/सम्बद्ध संघ संस्थाहरुमा अपिल गर्दछौं,” १३ वटा संघसंस्थाका अध्यक्षहरुले हस्ताक्षर गरिएको अपिलमा भनिएको छ, “सरकारद्वारा गठित कोविड–१९ राहत कोषमा जम्मा हुने गरी सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको तर्फबाट एक दिन बराबरको पारिश्रमिक नेपल शिक्षक महासंघले तोकेको बैंक खातामा जम्मा गर्न गराउन महासंघका सबै आवद्ध/सम्बद्ध संघ संठनहरुका प्रदेश, जिल्ला तथा स्थानीय तहका समितिहरुमा हार्दिक आव्हान गदछौं ।”